आज :

सिमकोट-हेक्पाखोला सडक विस्तारका लागि ३० करोड बजेट सुनिश्चित

  • अनलाइन डबली

सिमकाेट । कर्नाली करिडोरको महत्वपूर्ण खण्ड सिमकोट हेक्पाखोला सडकका लागि ३१ करोड बजेट माग गरिए पनि ३० करोड बजेट स्वीकृत भएर आएको छ । अब यो सडक ट्याकखोल्दाको अवस्थाबाट बिस्तार भएर चौडा बन्ने छ ।

सिमकोट हेक्पाखोलासम्म सडक विस्तारका लागि पटक पटक हिल्छा सिमकोट सडक आयोजनाले बजेट माग गर्दै आएको थियो तर पछिल्लो पटक भन्ने स्वीकृत भएर बजेट सुनिश्चित भएको जानकारी हिल्छा सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले दिएका छन् ।

अब यो सडक खण्डका लागि नक्सांकन भएर बहुवर्षीय योजनाको रुपमा इस्टिमेट तयार भएर टेण्डर आह्वान गर्ने तयारी अवस्था रहेको छ । यो सडक खण्डको लम्बाई ९.६६० किमि रहेको छ ।

यो खण्डको स्तरोन्नती  भएपछि सिमकोट हिल्छा र लिमी लाप्चा आवतजावतका लागि सहज हुने भएको छ । सिमकोटबाट हिल्छासम्म ९५ किमि र सिमकोटबाट लिमी लाप्चा पनि त्यतिनै किमि लम्बाई रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal