आज :

रवि लामिछाने ५४ लाख धरौटीमा रिहा

  • अनलाइन डबली

काठमाडौं । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो।

साहारा चितवन सहकारी ठगी प्रकरणको थुनछेक बहसपछि अदालतले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि लामिछाने रुपन्देहीमा एक करोड, काठमाडौंमा ६० लाख र कास्कीमा ६५ करोड धरौटीमा छुटेका थिए।

लामिछानेसहित २७ जना र ६ वटा संस्थाविरूद्ध सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको ठहरसहित मुद्दा दायर भएको थियो।

चितवनमा अन्य व्यक्तिलाई संगठित अपराध अन्तर्गतसमेत मुद्दा दायर गरिएकोमा लामिछानेलाई ठगी मुद्दा मात्रै दायर गरिएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal