आज :

फेल हुने भएपछि सरकारले अध्यादेश निर्णयार्थ प्रस्तुत गरेन

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा बैठक जारी रहेको छ । बिहीबारको प्रतिनिधिसभामा सरकारले संसदमा पेश गर्न लागेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरेन । अध्यादेश फेल हुने भएपछि सरकार पछि हटेको विपक्षी दलका नेताहरुले बताएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र एमाले अध्यादेश प्रस्तुत गर्न पछि हटेपछि कार्यसूची फेरिएको हो। प्रतिनिधिसभामा सांसदहरूले विभिन्न ठाउँका समस्याबारे कुरा राखिरहेका छन्।

राष्ट्रिय सभामा देखिएको अंकगणितका कारण अध्यादेश पास नहुने देखिएपछि सत्तापक्ष अध्यादेश प्रस्तुत गर्न पछि हटेको हो।

अध्यादेश पास हुन जनता समाजवादी पार्टी ९जसपा०सँग सत्तारुढ दलले सहकार्य गर्न जरुरी छ। जसपासँगको संवाद टुंगोमा नपुगेकाले बिहीबार अध्यादेश प्रस्तुत गर्न नसकिएको एमालेका एक नेताले बताए।

राष्ट्रिय सभामा सत्तापक्ष एमाले–कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका २७ जना सांसद छन्। अध्यादेश पास हुन ३० संख्या पुर्‍याउनुपर्ने हुन्छ, जो जसपासँग तीन सिट छ।
संसदमा शून्य समय सकिएको छ । प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले संसदमा सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal