आज :

प्रतिनिधिसभा बैठकमा अध्यादेशलाइ निर्णायार्थ पेश गरिने

  • अनलाइन डबली

काठमाडौं  । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ र ‘आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन’ पेश गर्नेछन ।

साथै, राज्य ब्यवस्था तथा सुशाषन समितिकाका सभापति रामहरी खतिवडाले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्नेछन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको बार्षिक प्रतिवेदन, २०७९/८० पेश गर्ने’ कार्यसुचीमा उल्लेख गरिएको छ ।

उता, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘आर्थिक बर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध बार्षिक मुल्याङकन प्रतिवेदन’ पेश गर्नेछन् ।

साथै, आजको बैठकमा त्यसो त सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal