आज :

रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न चितवन जिल्ला अदालतको आदेश

  • अनलाइन डबली

काठमाडौं । चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले हिरासतमा पठाउन आदेश दिएको छ।

बुधबार जिल्ला अदालत चितवनले लामिछानेको मुद्दामा बहस नसकिएकाले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो।

न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।

सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध मंगलबार मुद्दा दायर भएको थियो।

चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले लामिछानेलाई बिहीबार बिहान १० बजे अदालत उपस्थित गराउने गरी न्यायिक हिरासतमा राखिएको बताए।

‘थुनछेक बहस नसकिएकाले अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएपछि प्रहरीले उहाँलाई हामीले हिरासत राखेका छौं,’ महतोले भने।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal