काठमाडौं । अखिल क्रान्तिकारीको भावी नेतृत्वको लागि भएको चुनावको मतगणना जारी रहेको छ । सबै मधेस बाहेक अन्य प्रदेशको अन्तिम परिणाम आइसक्दा विश्वविद्यालाय प्रदेशको भने मत गणना सुरु भएको छैन ।
अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार सापकोटाले २३ मतले अगाडि छन् ।
सापकोटाले ४५३ मत पाउँदा राईले ४३० मत पाएका छन् । त्यसैगरी अध्यक्षका अर्का उम्मेदवार उपदेश यादवले १६८ मत पाएका छन् भने सुदिन पौडेलले १४२ मत पाएका छन् ।
अब विश्वविद्यालय प्रदेश निर्णायक हुने देखिएको छ ।
कोशी प्रदेशमा राईले भारी मतले अग्रता लिएपनि अरु प्रदेशमा भने सापकोटाले अग्रता लिएका छन् ।
मत गणना सकिएका प्रदेशमा लुम्बिनीमा सापकोटाले ८७ र राईले ६६ मत पाएका छन् । सुदूरपश्चिममा सापकोटाले ७२ मत पाउँदा राईले ५९ मत पाएका छन् । गण्डकीमा सापकोटाले ६० मत पाउँदा राईले भने ३९ मत पाएका छन् भने बागमती प्रदेशमा ८७ मत सापकोटा र राईले ४८ मत पाएका छन् ।
त्यसैगरी कोशीमा भारी मतले अग्रता लिएका छन् । राईले ११६ मत पाउँदा सापकोटाले ४९ मत मात्रै पाए । त्यसैगरी सुदूरपश्चिममा सापकोटाले ७२ मत पाउँदा ५९ राईले पाएका छन् । कर्णालीमा राईले दुई मतले अगाडि छन् । राईले ८२ र सापकोटाले ८० मत पाएका छन् ।
मधेसमा अर्का उम्मेदवार उपदेश यादवले अग्रता लिएपनि यो समाचार तयार पार्दासम्म अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको भावी नेतृत्वयको लागि शनिबार मतदान भएको थियो ।