आज :

मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु, विदेशमा पढाईसँगै पैसा कमाएर आमालाई खुशी बनाउने सन्दिपको सपना अधुरै

  • अनलाइन डबली

पोखरा । तनहुँको ऋषिङ गाउपालिका वडा नम्बर ६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए ।

सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका वडा नम्बर ५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए । उनलाई विदेश जान अफर लेटर पनि आयो ।

त्यही खुसियालीमा १९ वर्षीय सन्दिपले आमा मधुमाया आलेलाई मंगलबार बिहानै ग.प्र.००३–००१ प ०३१० न.को मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर, मन्दिर नपुग्दै बीच बाटोमै उनिहरू अस्ताउन पुगे ।

उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कनस्थित पृथ्वीराजमार्गमा पुग्दा बाक्लो हुस्सुकाकारण चालक रहेका सन्दिपले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको कल्भर्टमा ठोक्किन पुग्यो र सात-आठ मिटर मुनि खाल्डोमा बज्रिन पुग्यो र आमा – छोरा दुबैले यस संसार छाडेर बिदा भए ।

विदेश जाने सन्दीपको सपना अधुरै रह्याे । एक मात्र सन्तान रहेका सन्दीप र उनकी आमा मधुमायाको मृत्युले आले परिवार शोकमा डुबेकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal