काठमाडौँ । विपक्षी दलहरुको चर्को दाबाबपछि सरकार संघीय संसद हिउँदे अधिवेशन बोलाउन बाध्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संसदीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका हुन् ।
मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेर संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद अधिवेशन १८ गते दिउँसो १ बजे बस्नेगरी आह्वान गरिएको छ ।
विपक्षी दलहरूले संसद बैठक राेकेर अध्यादेशमा सरकार चलाउने खाेजेकाे भन्दै सरकारकाे विराेधमा उत्रिएका थिए । प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सरकारले नियमित अधिवेशन नबाेलाए विशेष अधिवेशनकाे माग गर्ने चेतावनी दिएका थिए ।