आज :

पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित

  • अनलाइन डबली

पर्सा । पर्साको बहुदरमाई नगरपालिका भित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक–शिक्षिकाहरुले पठनपाठन बन्द गरेका हुन् ।

जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनिहरुले बिगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् ।

गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरुको घर खर्च टार्नपनि समस्या परेको भन्दै बाध्य भएर विद्यालय बन्द गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिथ राज यादवले बताए ।

उनका अनुसार विद्यालयमा ताला लगाएर चाबी  प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझइएको छ ।

बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले  तलबभत्ता नपाएको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरुको समस्याबारे आफूले गम्भीर रुपमा लिएको बताए । यस विषय छलफलबाट नै टुंगोमा पुग्ने उनले जानकारी दिए । बहुदरमाई नगरपालिकामा २० वटा स्कूलमा करिब १० हजार विद्यार्थीहरु अध्यन गर्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal