आज :

युद्धविराम घोषणापछि पनि गाजामा इजरायली हमला, ८६ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडाैँ । कतारको प्रयासको  १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भयो । इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुनेछ।

तर, गाजा पट्टीमा इजरायलले आक्रमण भने जारी राखेको । सम्झौता कार्यान्वयन हुनु अघि बुधबार (१५ जनवरी) इजरायलले गाजा पट्टीमा फेरि विस्फोट गराएको हो । गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजामा हालै इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको र करिब २५८ जना घाइते हुन पुगेका छन् ।

गाजा सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले बिहीबार अर्थात १६ जनवरी एक प्रेस विज्ञप्ति जारी गर्दै भने, “बुधवार अर्थात १५ जनवरीमा युद्धविराम सम्झौता घोषणा भएपछि इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको छ भने र २५८ जना घाइते भएका छन् । यो युद्धविरामको घोषणा पछिको अवधिमा अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो।’ एजेन्सीका प्रवक्ताले अगाडी भने, “इजरायली आक्रमणमा परी ज्यान गुमाउनेमा २३ बालबालिकाका साथै २५ जना महिला पनि रहेका छन् ।’

उही समयमा, इजरायली रक्षा बलले बिहीबार भन्यो कि, ‘आज इजरायली सेनाले गाजा पट्टीमा लगभग ५० आतंकवादी स्थानहरूमा आक्रमण गरेको छ ।’ यसको सर्बत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal