आज :

इजरायलकाे नरसंहार जारी, ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

  • अनलाइन डबली

काठमाडाैँ । गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

इजरायलले गाजा शहरमा धेरै हवाई आक्रमणहरू सञ्चालन गरेको साथै शहरको केन्द्र र वरपरका पश्चिमी क्षेत्रहरूलाई निशाना बनाएको विज्ञप्तिमा उल्लेख छ ।

हालै मध्य गाजा पट्टी, देइर अल बालाहको पश्चिममा भएको हवाई आक्रमणले एउटा घर ध्वस्त पारेको छ । त्यहाँ चार जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्। त्यस्तै दक्षिणी गाजाको खान युनिसको पश्चिमी भागमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमणमा चार जना घाइते भएका छन्।

त्यस्तै इजरायली सेनाले मंगलबार राती र बुधबार वेस्ट बैंकका विभिन्न स्थानहरूमा कम्तिमा ४५ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal