आज :

बैतडीमा १५ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा सन्तान, हुर्काउन समस्या

  • अनलाइन डबली

बैतडी । बैतडीमा १५ वर्षीया किशोरीले जुम्ल्याहा सन्तान जन्माएकी छन् । जिल्लाको पाटन नगरपालिका–९ किचार बस्ने दिपा लावडले १५ बर्षकै उमेरमा डडेल्धुरा अस्पतालमा दुई जुम्ल्याहा छोरालाई जन्मदिएकी हुन् ।

१४ बर्षको उमेरमा बाल बिवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन् । उनका श्रीमान १८ वर्षका छन् ।
पढ्ने तथा खेल्ने उमेरमै दिपा लावडले अब बच्चा हुर्काउने भएकी छन् । तर आर्थिक अवस्था कमजोर भएका कारण जुम्ल्याहा सन्तान कसरी हुर्काउने भनेर दिपा लावडमा कलिलो उमेरमै चिन्ता थपिएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी घर भएका समाजसेवी सहदेव प्रसाद सापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामाग्री र नगद १० हजार रुपैया सहयोग गरेका छन् ।

संगम पब्लिकेशनका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले सुदूरपश्चिमका दर्जनौ परिवारलाई सहयोग उपलब्ध गराइसकेका छन् ।

पाटन नगरपालिका–९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवी बिष्ट र जिल्ला अस्पताल बैतडीको एकद्धार संकट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकमसहित न्यानो लुगा र खाद्यान्नको सामान शनिबार दिपाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् । यसअघि पनि सापकोटा आफुले सहयोग उपलब्ध गराएको परिवारको अवस्था बुझ्न बैतडी पुगेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal