काठमाडौं । बामदेव गौतम नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने सहमति भएकाे छ । छन् ।
आज भएकाे सहमति अनुसार माधव नेपाल र गाैतमबीच भएकाे लामाे छलफलपछि साे सहमति भएकाे हाे । बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन ।
‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदैँ भने ।
उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता र केन्द्रिय समितिका सदस्यहरू पुर्णकालिन हुनु पर्ने लगायतका सर्त राखेर बार्तामा बसेका थिए । यद्दपी, उनका सर्त पुरा भए वा भएनन् सो भने खुलाइएको छैन ।
‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ, नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।