Skip
आज :

बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

  • अनलाइन डबली

सर्लाही । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

रौतहटको बडहर्वा बाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका ४० बर्षिय सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक रबीन्द्रबहादुर सिंहका अनुसार काठमाडौंका लागि छुटेका बा–प्रदेश–०१००६ख २००४ नम्वरको यात्रुबाहक बसले ठक्कर दिदा सशस्त्र प्रहरी निरीक्षक तुलाधर गम्भीर घाइते भएका हुन ।

गम्भीर घाइते तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।फिल्ड गस्तीबाट क्याम्प तर्फ फर्किदै गरेको अवस्थामा गएको बेलुका करिब ८ बजे बेस क्याम्प अगाडी नै बसले ठक्कर दिएको उनले बताए  ।

ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गाउँपालिका वडा नम्वर १ का २२ वर्षीय बिकास कुमार बैठा, बलरा नपा १० का १९ वर्षिय अजित बैठा र बलरा १० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई  नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

काठमाडौं महानगरपालिका निवासी तुलाधरको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal