Skip
आज :

भीम रावलले एमाले फुटाएर नयाँ पार्टी खोल्दै, आज पत्रकार सम्मेलन

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेबाट निस्कासनमा परेका नेता डा. भीम रावलले नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।

एमालेभित्र असुन्तुष्ट रहेका नेता कार्यकर्ताहरुलाई समेटेर रावलले नयाँ पार्टी खोल्न लागेका हुन् । त्यसअघि पूर्वीदेखि पश्चिमसम्मका कार्यकर्तालाई भेट्ने भएका छन् । सातै प्रदेशमा कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।

रावलले आज दिउँसो एक बजे काठमाडौंमा पत्रकार गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा आफ्नो भावी योजनाबारे जानकारी गराउने बताइएको छ ।

गत सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि नेता रावल नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal