Skip
आज :

अखिल क्रान्तिकारीमा ३२ बर्षे उमेरहद लागु, निवर्तमान उपाध्यक्षबाट प्रविना अधिकारी अध्यक्षको उम्मेदवार बन्न पाउने

  • अनलाइन डबली

काठमाडौँ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागु हुने भएको छ । निर्वाचनको अन्तिम परिणमअनुसार उमेरदह पक्षधर २१ मतले विजयी बनेको छ ।

निर्वाचन समितिका अनुसार कुल २३९८ मतदातामध्ये १७७९ जनाले मत खसालेका थिए । जसमा ३२ वर्ष उमेरहद लागु गर्नुपर्छ भन्ने पक्षमा ९०० मत परेको थियो भने विपक्षमा ८७९ मत परेको थियो ।

योसँगै निवार्तमान पदाधिकारीमध्ये एकजना मात्रै आगामी अध्यक्षको उम्मेदवार बन्न पाउने भएकी छन् । उमेरहदका कारण अधिकांश पदाधिकारी बिदा हुने भएपनि निवर्तमान उपाध्यक्ष प्रविना अधिकारी भने अगामी अध्यक्षको लागि उम्मेदवार बन्न पाउने भएकी हुन् ।

अहिले १ सय ७८ सदस्यीय पदाधिकारीमध्ये अधिकारीबाहेक सबै बिदा हुने भएका छन् ।

अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एम।सी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्खो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट, केशव रावल उमेरहदका कारण बिदा हुने भएका छन् ।

त्यसैगरी निवर्तमान महासचिव दीपेश पुन पनि उमेरहदका कारण बिदा हुने भएका छन् भने उपमहासचिवमा ७ जना र सचिवमा १० जना जति अध्यक्षको उम्मेदवार बन्न सक्ने बताइएको छ ।

उमेरहद लगाउने कि खुला गर्ने विवाद देखिएपछि शनिबार निर्वाचन भएको थियो ।

आगामी माघ ५ गतेबाट नयाँ नेतृत्वका चुन्नका लागि निर्वाचन प्रक्रिया सुरु हुने अखिल क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal