आज :

पोखरामा सुरु भयो बेलुन महोत्सव, २२ पाइलटले उडाए १५ वटा बेलुन

  • अनलाइन डबली

पोखरा । पर्यटकीय नगरी पोखरामा आज(मंगलबार)बाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ ।

बेलुन नेपाल प्रालिले पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ आयोजना गरेको महोत्सव नौं दिनसम्म चल्नेछ । महोत्सवको पहिलो संस्करणमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ ।

बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार महोत्सवमा उद्दघाटनमा १७ देशका २२ जना पाइलटहरुले १५ वटा बेलुनहरु उडाइएका छन् । उनले भने, ‘बेलुन महोत्सव नेपालमा पहिलोपटक आयोजना भएको हो । १७ देशका २२ जना पाइलटहरुले १५ वटा बेलुनहरु उडाइएका छन्,’ उनले भने, ‘महोत्सव आयोजना गर्नुको उद्देश्य भनेको नेपालमा पनि उत्कृष्ट हट एयर बेलुन छ है भन्नु पनि हो । किनभने, कुनैपनि देशमा तालतलैया, हिमाल पहाडलगायतको दृश्य हेर्दै बेलुन सयर गर्न पाइने नेपालमा मात्रै हो । पर्यटनका लागि यो नै आर्कषण हो ।’

महोत्सव बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म हेर्न मिल्ने ढकालले जानकारी दिए । उनी भन्छन,‘बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म व्यवसायीक बेलुन फ्लाइटहरु संचालन हुन्छन । दिउँसो २ बजेपछि म्युजिकल कन्र्सटहरु हुन्छन । फूड स्टलहरु छन् । त्यसैगरी साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म बेलुन ग्लो हुन्छ ।’

बेलुन महोत्सवमा व्यवसायीक बेलुन फ्लाईटका लागि नेपालीका लागि प्रति टिकट एघार हजार रुपैयाँ तोकिएको छ भने सार्क मुलुकका लागि एक सय २० डलर र विदेशी मुलुकका लागि दुई सय डलर रुपैयाँ टिकटको मूल्य तोकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal