आज :

रबि लामिछानेको सांसद पद फेरि निलम्बन हुने, निकिताको सम्पत्ति जफत गर्न माग

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि निलम्बनमा पर्ने भएको छन् ।

सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता गरेसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा (२७) बमोजिम मुद्दा दर्ता भएपछि रबिको सांसद स्वतः निलम्बन हुने बताइएको छ ।

ऐनमा भनिएको छ, ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’

त्यसैगरी प्रहरी प्रतिवेदन अनुसार रबि पत्नि निकिताको पनि सम्पत्ति जफत गर्न मागदाबी गर्दै सरकारी वकिल कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal