काठमाडौं । विदेशी मुद्राको सञ्चिति १०.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको चार महिनासम्म आउँदै २२ खर्ब ५५ अर्ब ३५ करोड विदेशी मुद्रा सञ्चिति पुगेको छ ।
असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड विदेशी मुद्रा सञ्चिति रहेको थियो । कात्तिक मसान्तमा त्यो बढेर २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति नौ दशमलव चार प्रतिशतले वृद्धि भई रु १६ अर्ब ७० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत कात्तिक मसान्तमा आठ दशमलव छ प्रतिशतले वृद्धि भई रु २० खर्ब आठ अर्ब १५ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को चार महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।