आज :

पत्रकार महासंघको चुनाव आजः १० बजेदेखि ५ बजेसम्म मतदान, रातिबाट मतगणना सुरु

  • अनलाइन डबली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ । महासंघको २७ औँ महाधिवेशन अन्तरगत केन्द्र, प्रदेश र जिल्ला शाखाको नयाँ नेतृत्वको लागि आज एकैपटक चुनाव हुन लागेको हो ।

प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुँदैछ ।

महासंघका अनुसार मतदान देशभर एकैपटक विहान १० बजेदेखि सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ ।

महासंघको नयाँ नेतृत्वको लागि सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेस निकट पत्रकार संगठन एकठाउँमा उभिएका छन् भने प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत साना पार्टी निकट पत्रकार संगठनले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै, काँगेस निकट प्रेस युनियनबाट रमेश विष्टको नेतृत्वमा विद्रोह गरेको समूह पनि यसैमा सहभागी भएको छ । केन्द्रमा विष्टलाई अध्यक्षको उम्मेदवारसहित प्रदेश र जिल्लामा पनि प्रेस युनियन विभाजित भएको छ ।

सत्ताधारी गठबन्धनबाट अध्यक्षमा निर्मला शर्मा चुनावी मैदानमा छन् । उनलाई प्रेस युनियनको संस्थापन पक्षले साथ दिएको छ ।

विष्ट प्यानलबाट वरिष्ठ उपाध्यक्षमा महासंघका निवर्तमान महासचिव रोशन पुरी, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सचिव उत्तर विष्टसहितको प्यानल रहेको छ ।

निर्वाचन समितिका अनुसार मतदान सकिएपछि मतगणनाकाे गर्ने तयारी भइरहेकाे छ । छिटाे मतदान सकिएका स्थानमा साँझै र केही ढिलाे भएका स्थानमा रातिबाट मतगणना सुरू गर्ने गरी तयारी भइरहेकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal