काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं हुँदै पोखरा लगिँदैछ ।
वीरगञ्जमा बयन सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन र त्यसपछि पोखरा लगिन लागिएको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेलाई बीरगञ्ज लगिएको थियो ।
योसँगै लामिछानेमाथिको सहकारी गठी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवदेलन बुझाउने तयारी गरिरहेको बताइएको छ ।