आज :

दान ,अनुदान र सरकारी सहयोगको मात्र भरोसा गर्दा शिक्षा क्षेत्र गुणस्तरहिन बन्दै जाने : नेमकिपा अध्यक्ष विजुक्छे

  • अनलाइन डबली

काठमाडौं ।
दान ,अनुदान र सरकारी सहयोगको मात्र भरोसा गर्दा शिक्षा क्षेत्र गुणस्तरहिन बन्दै जाने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले बताउनुभएको छ । जन श्रमदानबाट २०२५ साल मंसिर १९ गते भक्तपुरको सुडालमा स्थापित देवी माध्यमिक विद्यालयको बुद्धबार ५६ औं वर्ष गाँठ समारोहको अवसरमा अध्यक्ष विजुक्छेले सो कुरा बताउनुभएको हो ।
आफ्नो देश टोलको आवश्यकतालाई बुझी भुत मन्छाउने डाँडा सम्याएर समाजसेवी बुद्धीकुमार गोसाँई , स्व. आशाकाजी बासुकला ,वर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र स्थानिय गुठीयारहरुकै श्रमदानमा ठडिएको देवी मा.वि. जस्ता शिक्षास्थलले डिगो र गुणस्तरिय शिक्षा दिनेमा विश्वास गर्न सकिने बताउँनु भएको थियो । जनताद्धारा जनताबाट जनताकै लागि खडा गरिने यस्ता शिक्षास्थलहरुलाई देशब्यापि बनाउदै लानुपर्नेमा जोड दिनुभएको सो सभामा बक्त्ताहरुले राणाकालिन संरचनाको शिक्षाबाट ग्रष्ट पञ्चायति कुनियतिलाई पन्छाउँदै स्थापित स्कुल सम्याउँदा शिक्षक कृष्ण बासुकला र छात्र संघर्ष बासुकलाले ढिस्कोमा पुरिएर सहादत प्राप्त गर्नु परेको स्मरण गरिएको थियो ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री , वडा नं. ९का वडाध्यक्ष गणेश प्यात ,प्रधानाध्यापक चन्द्रबहादुर ख्याजुलगायतले शिक्षालाई निजि र सरकारी दुई शिक्षाको दुरी राख्न नहुने विचार राख्नुभएको सो समारोहमा २०४७ सालमा पहिलो पल्ट एस.एल.सि. दिएर अगाडि बढेको देवी मा.वि.ले सत प्रतिशत उतिर्ण गर्न सफल भएको बताएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई दिर्घ सेवा पदक र सम्मान प्रदान गरिएको सो सभामा स्कुल संस्थापक गुठीयारहरुकै वंशज समाजसेवी प्रेमराज बासुकलाले नेपाल एकिकरणका संम्भाहक राजा पृथ्वी नारायण शाह , नेपाली सिमाना खडा गर्नुहुने जंगबहादुर राणा ,किसानलाई जसको जोत उसको पोत गर्ने ब्यत्तित्व राजा महेन्द्र र सर्व प्रथम नेपालमा कक्षा ३सम्म शिक्षा निशुल्क गर्नुभए बापत महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत आफन्तसहित १५ जनाको नाउँमा ११ ,११ हजार रुपिंयाँको छात्रबृत्ति कोषलाई प्रदान गर्नुभयो । स्कुल स्थापनामा योगदान पुर्याउनुहुनेहरुका अन्य नाउँमा बुद्धिकुमार छुँका , तत्कालिन जिल्ला शिक्षा सदस्य पूर्णबहादुर खत्री ,आफ्नै हजुर आमा अजि आशामायाँ लावाजु ,मामा हरिभक्त लावाजु जसले आफुलाई कृषि उत्पादनलाई ब्यापारमा लगाउनुपर्छ भन्दै गाउँमा उत्पादित दुध शहरमा लागेर बेच्न सिकाउनुभएको सम्मानमा जनही ११ हजार रुपियाँको कोषलाई दान गर्नु भएको थियो । त्यसै गरी उहाँले वाजे नन्दलाल बासुकला ,विकुमायाँ ह्योगु केशरीमायाँ वासुकला लवजु ,कान्छी बासुकलाको नाउँमापनि कोष घोषणा गर्दै गर्नुहुँदा स्कुल निर्माणमा ढिस्कोमा पुरिएर सहादत प्राप्त गर्नु भएका शिक्षक कृष्ण वासुकला , विद्यार्थी संघर्ष बासुकलाको नाउँमापनि जनही ११ हजारको कोष घोषणा गरिदिनुभयो । यस अघिपनि आफ्नो औकात र शिक्षाले भ्याएसम्म भन्दै पिता गोपिलाल वासुकला र मामा शेरवहादुर लावाजुको नाउँमा जनही ५१ ह्जार रुपियाँ र अमेरिकी प्रथम राष्टपति जोज अफ केनेडी , भारत स्वतन्त्रताका सेनानी महात्मा गान्धी , चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङग, बाजे महन्तनारायण बासुकला ,बाजेका दाजु पुनलाल बासुकला , आफ्नो जिवनमा सबै भन्दा पहिलो जुत्ता सिलाईदिनुहुने ब्यक्तित्व जुनेली सार्की ,लुगा सिलाई दिने कान्छा दमाई र शिक्षा गुरु कृष्णलाल दर्शनधारीका नाउँमापनि जनही ११ हजार रुपिंयाको स्कुल कोष खडा गराईदिनुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal