आज :

उपचुनावकाे परिणामपछि एमालेमा पहिरो, एकैपटक २१३ नेता-कार्यकर्ताले छोडे पार्टी

  • अनलाइन डबली

काठमाडौँ । हालै सम्पन्न स्थानीय तहको उपचुनावमा सोचेजस्तो परिणाम ल्याउन नसकेको सत्तारुढ नेकपा एमालेका २१३ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उपनिर्वाचनमा पराजयपछि स्थानीय वडा पार्टीलाई बेवास्ता गरेको भन्दै सुनसरी गढी ६ नम्बर वडाका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हुन् ।

वडा समिति अध्यक्ष चितनारायण खेवारले बुधबार एक विज्ञप्ति जारी गर्दै सांसद तथा एमाले नेतृ भवगती चौधरीको हैकमवादी तथा सामन्ती दासत्व स्वीकार्न नसकिने भन्दै सामुहिकरुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । त्यस्तै, अर्का नेता तथा प्रदेश सांसद रामदेव यादवले नेपाली काँग्रेससँग आर्थिक लेनदेन गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सांसद भगवती चौधरीको हैकमवादी तथा सामन्ती दासत्व प्रवृति स्वीकार्न असमर्थ छौँ भन्ने ठहर गर्दै म पार्टी वडा कमिटी अध्यक्ष लगायत वडा कमिटीका कमरेडहरु, टोल कमिटीका कमरेडहरु लगायत पार्टी संगठित सदस्यहरू सहित २१३ जनाले पार्टी परित्याग गरेको घोषणा गर्दछौँ ।’

विज्ञप्तिमा स्थानीय पार्टी वडा कमिटीलाई पाखा लगाउँदै निर्वाचनमा सहभागी हुने कार्य गरिएको र पार्टीको उम्मेदवारलाई विजय गराउनका निम्ति जिम्मेवारी तोकिएका जिम्मेवार व्यक्तिहरू नै चुनावमा नखटेको आरोप लगाइएको छ ।

प्रदेश सांसद रामदेव यादवले नेपाली काँग्रेसका तप्पन दास संगको आर्थिक लेनदेन गरेको र पालिका उपाध्यक्ष अनिता साहले काँग्रेसका उमेदवारको पक्षमा भोट माग्दै हिँड्नु नै एमाले पराजयको मुख्य कारण रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उपनिर्वाचनमा गढी गाउँपालिका–६ नं। वडाको निर्वाचनमा एमालेबाट सन्तु उरावलाई पराजित गर्दै नेपाली काँग्रेसका तेतर साहु विजयी भएका थिए । आफ्नै नेताका कारण पराजय भोग्नु परेको भन्दै वडा कमिटीले सामुहकि राजिनामा दिएपछि एमाले सुनसरीमा हलचल ल्याएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal