काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको भएको चुनावको मतदान अन्तिम चरणमा पुगेको बताइएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्णरुपमा जारी रहेको छ । कीर्तिपुरमा अन्तिम समयसम्म ६० प्रतिशत मत खस्ने अनुमान निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साँझ मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी भइरहेको छ । नगरपालिभित्र २० स्थलका ३८ मतदान केन्द्रमा मतदान अन्तिम चरणमा पुगेको बताइएको छ ।
सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालका अनुसार मतगणना रातिबाटै सुरु गर्ने गरी तयारी भइरहेको छ ।
सबै मतपेटिका जम्मा गर्दा गरेर राति १०–११ बजे बजेबाट मतगणना हुन सक्ने निर्वाचनमा खटिएका कर्मचारी बताउँछन् ।
कीर्तिपुरमा ३१ हजार ११२ मतदाता रहेका छन् । नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो ।