आज :

चिनियाँ र रुसी वायुसेनाकाे प्रशान्त महासागरमा हवाई गस्ती

  • अनलाइन डबली

काठमाडाैँ । चिनियाँ र रुसी वायुसेनाले शनिबार पश्चिमी प्रशान्त महासागरको हवाई क्षेत्रमा संयुक्त हवाई गस्ती गरेका छन् ।

यससँगै नवौं संयुक्त रणनीतिक हवाई गस्तीको दोस्रो चरण पूरा भएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका अनुसार दुई देशको वायु सेनाबीचको संयुक्त तालिम र परिचालन क्षमताको प्रभावकारी परीक्षण र अभिवृद्धि गर्ने लक्ष्यका साथ यस्तो गस्ती गरिएको हो ।

यसले कुनै तेस्रो पक्षलाई लक्षित नगरेको र हवाई रणनीतिक गस्ती रहेको पनि चीनको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal