काठमाडौँ । निर्वाचन आयोगले उपचुनाव अन्तरगत सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको बताएका छन् ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदका लागि भएको उपचुनावमा १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।
४१ पदको लागि ३७६ जना उम्मेदवार मैदानमा छन् । निर्वाचन आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने र भोलि नतिजा सार्वजनिक गरिसक्नेगरी तयारी गरेको जनाएको छ ।