आज :

पोल्याण्ड पठाउने भन्दै तीन लाख बढी ठगी गर्ने महिला पक्राउ 

  • अनलाइन डबली

काठमाडौं । पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप लागेको छ । पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता ठगी गतिविधिबाट बच्न सचेत रहन नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal