आज :

दमननाथको भुमिकालाई सम्झिँदै प्रचण्डले भने – लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक व्यक्तित्व

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वर्गिय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्व भएको बताएका छन् ।

सोमबार पूर्वसभामुख, दमननाथ ढुंगानाको पार्थिब शरीरमा पुष्प अर्पण गरि श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले शन्ति सम्झौता र संविधान सभाको वातावरण बनाउनमा खेलेको भूमिका अविश्मरणिय रहने बताएका हुन् ।

‘आदरणीय दमननाथ ढुंगाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैं सम्झिरहने छन् । दमननाथ ढुंगाना र पद्मरत्न तुलधर दुई जना व्यक्तित्वले शान्ति सम्झौताको वातावरण बनाउन, संविधान सभाको वातावरण बनाउन र देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविश्मरणीय ठान्छु मैले’ प्रचण्डले भने ।

साथै प्रचण्डले नेपाली जनताले देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको ढुंगानाको योगदानलाई सधैं सम्झिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal