काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
आइतबार दिउँसो दुई बजे फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
केही समयदेखि ढुंगगाना कलेजो रोगबाट पीडित थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए ।
पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित वहसहरु भइरहेको थियो ।
तत्कालिन नेकपा माओवादी र संसदवादी पार्टीबीचको सहमति तथा तत्कालिन सरकार र माओवादीबीच भएका वार्तामा ढुंगानाले विशेष भूमिका खेलेका थिए ।
पारिवारिक स्राेतका अनुसार ढुंगानाकाे साेमबार अन्त्येष्टी गरिने गरिनेछ ।