आज :

‘नेपाल संवतया भिंतुना आन्दोलन’ पुस्तक नेपाली भाषामा प्रकाशित गर्ने

  • बुद्धशरण शाही

काठमाडौँ  ।  नेवार अगुवा मल्ल के सुन्दरले लेख्नुभएको “नेपाल संवतया भिंतुना आन्दोलन (म्हिगः थौं व कन्हय्)” नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ ।

पहिलो प्रकाशनका रूपमा नेपालभाषाबाट प्रकाशित यो पुस्तक सम्पूर्ण नेपालीले नेपाल संवतका विषयमा बुझाउनका लागि  खस नेपाली भाषामा पनि पुस्तक प्रकाशन गर्न लागिएको हो ।  न्हूदँ समारोह समिति ११४५ सचिवालयले दिएको जानकारी अनुसार नयाँ वर्ष ११४५ भन्दा अगावै यो पुस्तक प्रकाशनको तयारी गरिएको छ ।

मल्लले लेख्नुभएको यो पुस्तक नेपालभाषाबाट काठमाडौंको ग्वंगःबुँमा गत कछलागा तृतीयाका दिन भएको  नेपाल संवत राष्ट्रिय कार्यशाला गोष्ठीमा विमोचन गरिएको थियोे ।

न्हूदँ समारोह समिति ११४४ को प्रकाशनका रूपमा प्रकाशित पुस्तक भित्र नेपाल संवत आन्दोलनको सम्पूर्ण पक्ष अभिलेखीकरण गरिएको छ भने  नेपाल संवत आन्दोलनको एक दस्तावेजका रूपमा न्हूदँ समारोह समितिले लिएको छ ।

पुस्तकमा विभिन्न संवत् र विकास, राज्य बहिष्करण, दमन अनि प्रतिरोध, आजसम्मको उपलब्धी र भविष्यको बाटोलाई लिएर लेखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal