आज :

रवि पक्राउ परेपछि सीके राउत सशंकित, कार्यकर्तालाई आन्दोलनको लागि तयार रहन निर्देशन

  • अनलाइन डबली

काठमाडौं। रवि लामिछानेलाई सरकारले पक्राउ गरेसँगै जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सशंकित भएका छन् । आइतबार बैठक बोलाएर आन्दोलनका लागि तयार रहन पार्टी संरचनालाई निर्देशन दिएका छन् ।

पार्टी कार्यालय मध्यवानेश्वरमा बसेको बैठकमा देशको विषम राजनितिक परिस्थि रहेको जनाउँदै पार्टीको सबै तहका संगठनलाई आन्दोलनको लागि तयार रहन निर्देशन दिएका हुन् ।

पार्टी प्रवक्ता शरदसिंह यादवका अनुसार बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्वाचन परिचालन समितिलाई निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal