आज :

चितवनमा बृहत जनसांस्कृति कार्यक्रमः जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा

  • अनलाइन डबली

चितवन । अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको ‘बृहत जनसांस्कृतिक कार्यक्रम’ कार्यक्रम भएको छ । बेपत्ता योद्धा दण्डपाणी न्यौपाने सम्झनामा आयोजना गरिएको कार्यक्रममा जनयुद्ध लडेका माओवादी नेताहरु सहभागी भएका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, उपाध्यक्ष पम्फा भुसाललागयतका नेताहरु सहभागी छन् ।

न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले आयोजना गरेको कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मोहन वैद्य (करण), नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लाई निम्ता गरिएको छ । विप्लव कार्यक्रममा सहभागी भइसकेका छन् ।

त्यसैगरी आयोजकले डा.बाबुराम भट्टराई पनि निम्ता गरिएका छन् ।

जनयुद्धको समयमा एकताबद्ध भएर लडेका नेताहरु बिभिन्न समयमा पार्टी बिभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनी ल्याउनेप्रयास आयोजकले गरेको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal