काठमाडाैँ । नयाँ आविष्कारमा चीनले तिब्रता दिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ ।
उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ ।
स्याटेलाइट लङ मार्च–४ सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । यसलाई भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिने चिनियाँ संचारमाध्यमहरूले बताएका छन् ।