आज :

ताइवानका राष्ट्रपतिले ‘एक चीन नीति’ विरुद्ध भाषण गरेपछि सी आक्रोसित, समुद्री टापुमा युद्ध अभ्यास

  • अनलाइन डबली

काठमाडौं । ताइवानका राष्ट्रपति विलियम लाईले ‘एक चीन नीति’ विरुद्ध अभिव्यक्ति दिएपछि जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ आक्रोसित बनेका छन् । त्यसको प्रतिक्रियामा चीन समुद्री टापुमा युद्ध अभ्यास सुरु गरेको छ ।

जनमुक्ति सेनाले सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको हो । चीनले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनको क्षेत्रमा पर्ने उक्त टापु ताइवानले पनि दाबी गरेपछि विगतदेखि तनाव जारी रहेको छ ।

अमेरिकाको उक्साहटमा ताइनवानले सो जल क्षेत्रमा दाबी गरेको चीनको भनाई रहेको छ ।

ताइवानका राष्ट्रपति विलियमले विना प्रसंग आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएका थिए । उनको उक्त अभिव्यक्तिपछि चीन आक्रोसित बनेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal