Skip
आज :

बिपी राजमार्ग खुल्यो

  • अनलाइन डबली

काठमाडौँ। बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग आज शुक्रबार देखि खुलेको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु-याएको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्माका अनुसार  बिहान  ८ बजे  बाटनै संचालनमा आएको छ । उहाँका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी राजमार्ग खुलेको छ । अब सडक खुलेपछि आउजाउ गर्नेलाई केही सहज भएको छ ।

सङ्घीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal