आज :

नेपाल लाइफद्वारा ‘हामीलाई त बडा दशैं लाग्यो है’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना

  • अनलाइन डबली

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

‘हामीलाई त बडा दशैं लाग्यो है’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमश रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

विजेता चयन भ्युज, लाइक, शेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि मिति २०८१ असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्नुहुनेछ ।

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैको लागि यो बडा दशैं रमाइलो रहोस् भन्ने कामना सहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफ सबैलाई आह्वान गर्दछ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गर्नु भएको छ । कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गर्नुभयो ।

कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा बताउनु भएको छ । यसका साथसाथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१, तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

@officialnepallife

हामीलाई त बडा दशैं लाग्यो है! यो Jingle मा TikTok बनाउनुहोस् र नेपाल लाइफबाट नगद उपहार जित्नुहोस्! हजुर ! अब तपाईं पनि दशैंको रमाइलो बेला, यो Jingle मा आफ्नो देखाउनुहोस् कला अनि नेपाल लाइफबाट आकर्षक नगद उपहार जित्नुहोला ! • योजना २०८१ असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म उपलब्ध छ। • योजना समयावधि भन्दा बाहिरको भिडियोलाई मान्यता दिइने छैन। •लाइक, सेयर र प्रस्तुतिको आधारमा विजेता चयन गरिनेछ। •शर्तहरू लागू हुनेछ। #DashainWithNepalLifeInsurance #Hamlaitabadadashainlagyohai #NepalLifeInsurance #BadaaDashain

♬ Hamilai ta badaa dashain lagyo hai – Nepal Life Insurance

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal