आज :

इरान–इजरायलबीच औपचारिक रुपमा युद्ध सुरु, इरानले एकैपटक प्रहार गर्यो १८० ब्यालेस्टिक मिसाइल

  • अनलाइन डबली

काठमाडौँ । विभिन्न अडकलबीच इरान र इजरायलबीच औपचारिक रुपमा युद्ध सुरु भएको छ । इरानले एकैपटक ठूलो संख्यामा ब्यालेस्टिक मिसाइल प्रहार गरेसँगै दुई देशबीच युद्ध सुरु भएको हो ।

लामो समयदेखि एक अर्काका कट्टर दुश्न इरान र इजरायलबीच पछिल्ला दिनमा एकपछि अर्को तनाव उत्पन्न हुँदै आएको थियो । इरानले औचारिक रुपमा घोषणा गरेरै इजरायलका विभिन्न स्थानलाई लक्षित गरेर एकै पटक १८० बटा मिसाइल प्रहार गरेको थियो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इरानले प्रहार गरेका मिसाइल इजरायली सैन्य अखडामा खसेका थिए । जेरुसेलमस्थित एकजना बीबीसी संवाददाताका अनुसार सैन्य अखडासँगै केही मिसाइल रेस्टुराँ र विद्यालयमा समेत खसेका थिए ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही पूरा गरेको बताउँदै इजरेलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन् ।

इरानले शक्तिशाली मिसाइल प्रहार गरेसँगै इजरेलको जनजीवन अलगथलग भएको छ । मानिसहरु बंकरमा पसेका छन् ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलवार राती गरिएका हमलालाई आफ्नो देशको वैध अधिकार बताएका छन् । उनले भने, “इरान र यस क्षेत्रको शान्ति र सुरक्षाको उद्देश्यसाथ इजरायलमाथि हमला गरिएको हो ।”

सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति मसूदले हमला इरानी स्वार्थ र नागरिकको प्रतिरक्षाका लागि इजरेललाई दिइएको एउटा निर्णायक जबाफ बताउँदै भने, “इरानसँग युद्ध उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरेली प्रधानमन्त्रीले बुझ्नुपर्छ ।” उनले ती हमला इरानको क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग द्वन्द्वमा संलग्न नहुन समेत चेतावनी दिए ।

इरानले क्षेप्यास्त्रहरू प्रहार गरेपछि तेहरानका सडकमा खुसीयाली मनाइएको थियो । उक्त ठूलो भीडमा धेरै मानिसहरूले इरान र हिज्बुल्लाहका झण्डा र शुक्रवार इजरेली हवाई हमलामा मारिएका हिज्बुल्लाहका पूर्वनेता हसन नस्रल्लाहको तस्बिर बोकेका थिए ।

संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घ ईयूले युद्धविरामको माग दोहो¥याएका छन् । राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बुधवारका लागि बोलाइएको छ ।

यसैबीच इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले मिसाइल हमला गरेर ठूलो गल्ती गरेको बताएका छन् । उनले इरानले प्रहार गरेका अधिकांश मिसाइल आकाशमै नष्ट गरिएको दाबी समेत गरे ।

इरान पुगेका हमासका प्रमुख नेताको इजरायले हत्या गरेको थियो भने पछिल्ला दिनमा हिज्बुल्लाहलाई सहयोग गरेको आरोप लगाउँदै लेबननमा हवाई र स्थलबाट कारावाही गरेको । जसका कारण लेबनानमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal