आज :

नख्खुका बाढीपीडितले प्रचण्डलाई भने- संकटको सामना गर्न अभिभावकत्व गरिदिनुस्

  • अनलाइन डबली

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् ।

डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् । ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् ।

पीडितहरुले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन सहज बनाइदिन आग्रह गरे।

पीडितहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाकी सरकारलाई आग्रह गरेर पीडितहरुलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले उद्वार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको बिरोध गर्नुभन्दा सबै मिलेर उद्वार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो।

जनजीवन सहज बनाएर सबै पीडितलाई दशै मनाउनसक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले आफूहरु पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताउनुभयो। यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal