आज :

अखिल क्रान्तिकारीले उमेर हदको विवाद मतदानबाट टुंगाे लगाउँदै

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले उमेर हदबारेको विवाद मतदानबाट टुंगाउने भएको छ । मंगलबार मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरू गर्ने तयारी रहेको क्रान्तिकारीका नेताहरुले बताएका छन् ।

अखिल क्रान्तिकारीले उमेर हदको विवाद टुंगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने बताइएको छ ।

विहिबारदेखि सुरू भएको महाधिवेशनमा उमेर हद लागू गर्नुपर्ने आवाज उठेपछि मुलपार्टी माओवादी केन्द्रले हलबाटै उमेर हदको विवाद टुंगाउन निर्देशन दिएको थियो ।

सोमबार मतदानको प्रक्रिया शुरु गर्ने भनिएको भएपनि  निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले हंगामा गरेर कुर्सी हानाहान गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबि गरेका लगभग सबै नेताहरुको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ ।

अहिले क्रान्तिकारीको नेतृत्वको लागि  इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौं नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal