आज :

बाढी पहिरोबाट ललितपुरमा मात्रै ४० जनाको मृत्यु, १० जना बेपत्ता

  • अनलाइन डबली

काठमाडौं । अबिरल बर्षासँगै आएको बाढी तथा पहिरोबाट ललितपुरमा मात्रै ४० जनाको मृत्यु भएको छ । सोमाबार थप ६ जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ४० पुगेको हो । असोज १२ गतेको बाढी–पहिरोमा परी थप १० जना अझैं बेपत्ता भएका छन. ।

ललितपुर प्रहरीका अनुसार मृत्यु हुनेमा एकैपरिवारका चार सदस्यसमेत छन् । माहाँकाल गाउँपालिका–२ ठोस्ने खोला ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षीया छोरी सलिनाको मृत्यु भएको छ ।

गाउँपालिका वडा नम्बर २ लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तानको पनि मृत्यु भएको छ ।

यसैगरी माहाँकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव फेला परेको छ । उनी असोज १२ गतेदेखि बेपत्ता थिए । उनका आमा र श्रीमती सम्पर्कविहीन छन् ।

बेपत्ताको सूचीमा थपिएकाहरुमा ललितपुरको माहाँकाल गाउँपालिका २ बस्ने १२ वर्षीया सन्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र वडा नम्बर २ कै छविलाल स्याङ्तानकी भाउजू छन् ।

बेपत्ता हुने अन्यमा रौतहट घर भई ललितपुर महानगरपालिका १४ नखिपोस्थित कान्तिपुर कोलोनी बस्ने पाँच वर्षीय सेतु साह, रौतहटको गौर नगरपालिका ६ घर भई कान्तिपुर कोलोनीमै बस्ने ३२ वर्षीय बिकाउ साह, ओखलढुंगा घर भई ललितपुर बस्ने ४० वर्षीय देवराज कार्की र गोदावरी नगरपालिका ६ आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह, बागमती गाउँपालिका १ घुसेलका ५० वर्षीय केशव न्यौपाने रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal