आज :

लेबनानमा इजरायलको जमिनी आक्रमण शुरु, जवाफी कारवाही गर्ने हिजबुल्लाहकाे तयारी

  • अनलाइन डबली

काठमाडौँ । इजरायलले लेबनानमा जमिनी आक्रमण शुरु गरेको बताएको छ । इजरायलको सेनाले दक्षिणी लेबनानबाट जमिनी आक्रमण शुरु गरेको जानकारी दिएको हो । इजरायलले अहिलेसम्म लेबनानमा हवाई आक्रमण मात्र गरेको थियो ।

यस अघि हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको थियो ।

इजरायलले आफ्ना एक लाख भन्दा बढी विस्थापित नागरिकलाई लेबनानको सीमा क्षेत्रमा फर्काउन जमिनी कारवाही आवश्यक रहेको बताउदै आएको छ ।

इजरायलले जमिनी आक्रमण शुरु गरेपछि यो लडाई लामो समयसम्म चल्ने विश्लेषण गरिएको छ । इजरायलले पनि यसको समय सीमा तोकेको छैन ।

आक्रमणमा अहिलेसम्म हिजबुल्लाहका शिर्ष नेता हसन नसरल्लाहसहितकमान्डर मारिएकाे इजरायलले दाबी गरेकाे छ ।

यसैबीच हिजबुल्लाहले पनि जवाफी कारवाही गर्ने तयारी गरेकाे बताइएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal