आज :

प्रचण्डले सर्वदलीय बैठक बाेलाएपछि सरकार पनि तात्याे, १ बजे बैठक बस्दै

  • अनलाइन डबली

काठमाडौँ । सरकार बाढी पीडितकाे उद्दार- राहतमा सरकार उदासिन देखिएपछि प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक बोलाएका थिए । प्रचण्डले सर्वदलीय बैठक बाेलाएपछि सरकारले हतारमा आज दिउँसाे १ बजे सर्वदलीय बैठक बाेलाएकाे छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षापछि आएको बाढी पहिरो विपत पछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न बाेलाएका हुन् ।

गृहमन्त्री रमेश लेखकले काठमाडाैँमा उद्दारबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । सरकारले उद्दारमा सरकारी संयन्त्रकाे सही ढंगबाट परिचालन गर्न नसकेका कारण ठूलाे जनधनकाे क्षति हुन पुगेकाे छ ।

सरकार गैरजिम्मेवार बनेपछि शनिबार राति नै प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका थिए । त्यसपछि सरकारले हतारहतारमा १ बजे बैठक बाेलायाे ।

अहिलेसम्म १ सयभन्दा बढीकाे मृत्यु भइसकेकाे पुष्टि भएकाे छ भने ६७ जना बेपत्ता भएकाे बताइएकाे छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal