आज :

कुर्स्कमा युक्रेनी फाैजले स्थानीयलाई मानव ढाल बनाएपछि रूसी सेनाकाे खार्किभमा भिषण हमला

  • अनलाइन डबली

काठमाडौँ । रुसी फेडेरेसनले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ हमला गरेकाे छ । रूसी भूमि कुर्स्कमा नागरिकलाइ मानव ढालकाे रूपमा प्रयाेग गरेपछि रूसी फेडेरेसनकाे सेनाले खार्किभमा ठूलाे हमला गरेकाे बताइएकाे छ ।

स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । युक्रेनी फाैज लुकेर बसेकाे अग्लाे अपार्टमेन्टमा रूसी सेनाले हमला गरेकाे अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले हमला गरेकाे स्वीकार गर्दै अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् ।

मंगलबारबाट याे क्षेत्रमा रूसी सेनाले भिषण हमला गरेकाे स्थानीय अधिकारीहरूले जनाएका छन् ।

रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ ।

कुर्स्कमा युक्रेनी फाैजले स्थानीयलाई मानव ढालकाे रूपमा प्रयाेग गरेपछि रूस पूर्वी क्षेत्रमा हमला बढाएकाे बताइएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal