आज :

एसईईको ग्रेड वृद्धि (पूरक) परीक्षामा  ५६.७८ प्रतिशत उतिर्ण 

  • अनलाइन डबली

काठमाडौँ ।  माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक) परीक्षामा  ५६.७८ प्रतिशत उतिर्ण  भएका छन्।   २ लाख १० हजार तीन २१ जनाले परीक्षा दिएका मध्ये  १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) गरेको  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार परीक्षाफल प्रकाशन गरेको हो।

२०८० मा  सञ्चालित एसईईको नियमित परीक्षामा  ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी मध्य ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए , भने  अनुत्तीर्णले पूरक परीक्षा दिएका हुन्।

२०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो।  परीक्षा नियन्त्रक  कार्यालयका अनुसार ननग्रेड  र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन्। कार्यालयले ८ जनाको उत्तरपुस्तिका रद्द गरेको छ। ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन्। जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन्। जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन्। त्यस्तै जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५ सय १८ जना छन्।

लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था रहेको  छ।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal