आज :

बन्दीपुरमा सडक खाना महोत्सव हुने

  • बुद्धशरण शाही

तनहु । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ ।   यही असोज ११ गते पर्यटन दिवसका अवसर पारेर बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समिति तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव तथा  विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्ने सिजन पर्यटकको याम शुरु हुन लागेकाले व्यवसायी पर्यटकको स्वागतका साथै आन्तरिक पर्येतकको प्रवर्धन गर्न उदेश्यले  महत्सव आयोजना गरिएको बताउनु भयो  ।

यसै गरि गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रमले टेवा मिल्ने उल्लेख गर्नुभयो । गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ वटा भाषामा सामग्री तयार गरिसकेको छ ।

गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई सूचीकृत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal