काठमाडौ । नेपाल पत्रकार महासंघको चुनाव असोज १२ गते हुने भएको छ । पटकपटक कार्यतालिका सर्दै आएको महासंघको चुनावकाे कार्यतालिका समेत सार्वजनिक भएको छ ।
शनिबार साँझ अन्तिम मतदाता नामावली सार्वजनिक गरेको महासंघले कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय निर्धारण गरिएको छ ।
उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते नै साँझ ५ बजे हुनेछ भने उम्मेदवारमाथी दाबी विरोध असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते दिउसो २ बजेसम्म रहेको छ भने उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते अपरान्ह ४ बजेसम्म रहेको छ । त्यस्तै, उम्मेदवारको अन्तिम नामावली असोज ५ गते साँझ ६ बजे प्रकाशन हुनेछ ।
त्यसैगरी प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ भने संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखा मनोनयन दर्ता असोज १० गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ ।
प्रत्यक्ष प्रणालीअनुसार देशभर एकैपटक असोज १२ गते बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म हुने र मतगणना पनि मतदान कार्य सकिए लगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।