आज :

लुम्बिनी प्रदेशमा एमालेपछि काँग्रेसभित्रको विवाद छताछुल्ल, प्रमुख सचेतकले दिए राजिनामा

  • अनलाइन डबली

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा एमाले पछि नेपाली काँग्रेसभित्रको विवाद सार्वजनिक भएको छ । एमालेले संसदीय दलका नेतालाई बाइपास गरेर मुख्यमन्त्री नियुक्ति गरेपछि आन्तरिक विवाद छताछुल्ल भएको थियो ।

प्रदेशसभा दलका नेता लिला गिरीलाई बाइपास गरेर एमालेले उपनेता रहेका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाे थियाे । उक्त निर्णयप्रति तीब्र असन्तुष्टि जाहेर गर्दै गिरीले पदबाट राजिनामा दिएका थिए । काँग्रेसभित्रकाे त्यस्तै विवाद सार्वजनिक भएकाे छ ।

एमालेले जस्तै गरी काँग्रेसले पनि मन्त्री छनोट खल्तीबाट निकालेर टिका लगाएपछि विवाद उत्पन्न भएको एक नेताले बताए । मन्त्री छनोटमा आफू र आफू निकटकालाई बाइपास गरेको भन्दै प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यव्यस्तताका कारण राजीनामा दिएको बताएका छन् ।

तर, काँग्रेसका एक प्रदेश सांसदका अनुसार मन्त्री छनोटमा चित्त नबुझेकै कारण तिमिल्सिनाले राजिनामा दिएका हुन् । सुरुमा तिमिल्सिनाको नेतृत्वमा सरकारमा जाने भनिएपनि अन्तिममा आएर उनको नाम काटिएको थियो ।

कांग्रेसले केन्द्रको भागबण्डाका आधारमा गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनाउने निर्णय गरेको छ भने आन्तरिक मामिला मन्त्रालयमा भने खाली छ ।

चौधरीले तिमिल्सिनालाई १३ फागुन २०७९मा प्रमुख सचेतक नियुक्त गरेका थिए । बर्दिया २ ९क० बाट निर्वाचित तिमिल्सिना कांग्रेसभित्र संस्थापन पक्षका हुन् । तिमिल्सिना पार्टीको केन्द्रीय संगठन विभाग सदस्य एवं महासमिति सदस्य हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal