काठमाडौं । बेलायत सरकारविरुद्धको प्रदर्शनले हिंसात्मक रुप लिइरहेको छ । सुरक्षाकर्मीले झण्डै ४०० जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यसअघि प्रधानमन्त्री किएर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए। राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ ।
प्रदर्शनलाई नियन्त्रण गर्न खोज्दा केही सुरक्षा अधिकारीहरु पनि घाइते भएका छन् ।
बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा गरिएको डान्स पार्टीमा छुरा प्रहारबाट तीन बालिकाको मृत्युको विरोधमा प्रदर्शन सुरु भएको थियो ।
यो प्रदर्शन बढ्दै गएको छ । यसले विस्तारै आन्दोलनको रुप लिन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
युक्रेन युद्धमा बेलायतले लिएको नीतिका कारण जनतामा चरम असन्तुष्टि बढ्नुको साथै महंगी र बेरोजगार बढ्दो छ ।
यही प्रदर्शनलाई लिएर प्रधानमन्त्री किएरले देशबासीको नाममा सम्बोधन गर्दै दोषीलाई कानूनी कठघरामा ल्याउने प्रतिवद्धता जाहेर गरेका थिए । तर पनि प्रदर्शन रोकिएको छैन ।
यो सानाे प्रदर्शनले बंगलादेशको जस्तै आन्दोलनको रुप लिन सक्ने बताइएकाे छ ।