हेपाटाइटिसका पाँच प्रकार छन् । हामीले सामान्यत जन्डिसलाई हेपाटाइटिस भन्ने गर्छौं । यसमा पनि क्रोनिक र अक्यूड दुई प्रकारका छन् । दिर्घकालीन र छोटो अवधीका लागि दुई प्रकारका हेपाटाइटिस मानिसहरुलाई हुने गर्छ । भाइरल हेपाटाइटिस‘ए’ र ‘इ’हाम्रो समाजमा बढी देखिने गर्छ । तर विश्वभरको परिप्रेक्ष्यमा भाइरल हेपटाइटिस ‘बि’र ‘सि’ को बारेमा बढी छलफल भएको देखिन्छ र जोखिम पनि बढी हुनेगर्छ । अहिलेको अवस्थामा संसारभरमा करिब ३० करोड मान्छेहरुलाई हेपटाइटिस ‘बि’ र ‘सि’ ले संक्रमण गरेको छ भन्ने तथ्यांक छ । २०२२ सम्ममा सबै भाइरल हेपटाइटिस ‘बि’ले मात्र २५ करोड जति मानिसलाई संक्रमण गरेको भन्ने तथ्यांक छ ।
त्यसमध्ये हेपटाइटिस ‘बि’ र ‘सि’ को संक्रमण पश्चिमी राष्ट्रभन्दा नेपालमा अलि कम नै छ । तर जति पनि छ त्यो अलि बढि संवेदनशील नै छ । किनभने हेपटाइटिस ‘बि’को दिर्घकालिन असरहरु हुन्छ । यसको प्रभाव पनि बढी नै हुन्छ । यसबाट कलेजोको क्यान्सर पनि हुनसक्छ । त्यसकारण हेपटाइटिस ‘बि’ र ‘सि’एकदमै संवेदनशिल भएको हुनाले नेपालमा जति संख्यामा छ तिनीहरुको अवस्थालाई ध्यानमा राखेर हेपटाइटिस ‘बि’ र ‘सि’लाई पनि कमजोर ठान्नु हुँदैन् ।
हेपटाइटिस ‘बि’बच्चैमा लागेको छ भने करिब ९५ प्रतिशत जति जनसंख्यामा पछि गएर क्रोनिक् हेपटाइटिस हुने सम्भावना छ । बच्चाबेला लागेको हेपटाइटिस ‘बि’ एकदमै संवेदनशिल हुन्छ । यो पछि क्रोनिक हुने संभावना हुन्छ । बच्चा बेलामा हुने बेलाको हेपाटाइटिसलाई जसरी भएपनि नियन्त्रण गर्ने प्रयासमा लाग्नुपर्छ । हेपटाइटिस ‘बि’ को भ्याक्सिन छ । समयमा नै भ्याक्सिन दिनसक्यौ भने हेपटाइटिस‘बि’बाट पूर्ण रुपमा मुक्ति पाउन सकिन्छ । त्यसकारण यो अति नै आवश्यक छ ।
हेपटाइटिस ‘बि’ र ‘सि’बीच तुलना गर्नुपर्दा हेपटाइटिस ‘बि’को औषधिहरु पाइन्छ तर ‘सि’को सुई पाइँदैन् । तर उपचार संभव छ । तथापी, पूर्ण रुपमा निर्मूल नहुन सक्छ । उपचार हुन्छ तर त्यसको पूर्ण नियन्त्रणमा नआउन सक्छ । यसको औषधि भएपनि एकदमै महंगो हुन्छ । औषधि भएर मात्र के गर्ने जनताले त्यसलाई किनेर खान नसकेपछि ज्यान जोखिममा पर्नसक्छ । त्यसकारण सरकारले यसको लागि केही व्यवस्था गर्ने हो भने जनतालाई राहत हुन्छ ।
नेपालीहरु हेपटाइटिस भएपछि जडिबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिस भनेर सामान्य मानेर आवुर्वेदिक औषधिको भर पर्छन् । आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममा पुग्न सकिन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना हो । जनचेतना फैलाउनैपर्छ । हेपटाइटिस जडिबुटि खाएर मात्र निको हुँदैन् । जडिवुटी सेवन गर्नेबितिकै जन्डिस निको हुने होइन् । यसका लागि रगत जाँच गरेर वास्तविकता पत्ता लगाउनुपर्छ ।
हेपाटाइसिसका लागि सरकारले राष्ट्रिय नीति बनेको सुन्नमा आएको छ तर यसमा प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर मात्र नीति तयार गर्नुपर्छ । सबैखाले हेपाटाइसिसलाई सम्बोधन गर्नेगरी नीति बनाउनु जरुरी छ । हिजोआज दुब्र्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सि’को जोखिम बढ्दो छ । टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात मुन्द्री लगाउने चलनले पनि ‘बि’ र ‘सि’को जोखिम बढ्दो छ । यसको उपचार पनि खर्चिलो हुन्छ । भाइरसको संख्या बढी देखियो भने खर्च थप बढ्ने र औषधि पनि महंगो हुने भएकाले सबैले उपचार गर्न नसक्ने अवस्था आउन सक्छ । यसका लागि सरकारले सहुलियतको व्यवस्था गर्नुपर्छ । जे भएपनि हेपाटाइसिसका लागि खानपान मिलाएर मात्र खानुपर्छ । फ्याटी लिभर र रक्सीका कारण हुने लिभरको अन्तिम रुप सिरोसिस हुने भएकाले यसको उपचार एकदमै छिटो गर्नुपर्छ । हेपाटाइसिस भन्दैमा सामान्य रुपले हेर्दा विस्तारै जोखिम बढ्नसक्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले हेपटाइटिस लाग्न नदिनको लागि शारीरिक अभ्यासहरु पनि गर्नुपर्छ । यो नै बढि प्रभावकारी हुनसक्छ । दैनिक बानी व्यहोरामा परिवर्तन गर्नुपर्छ । साबुनपानीले हात धुने, उमालेर मात्र पानी पिउने, खानपानमा ध्यान दिने साथै शारीरिक अभ्यास गर्नेलगायतका कामहरु गर्नुपर्छ ।
पेट तथा कलेजो रोग विशेषज्ञ, डा.उमिद कुमार श्रेष्ठ नेपाल मेडिसीटी अस्पतालमा कार्यरत हुनुहुन्छ ।