काठमाडौं । सुनको भाउ लगातार तेश्रो दिन पनि बढ्दै नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । आज छापा वाल सुनको भाउ प्रतितोलामा २ हजारले बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । नेपालमा सुनको कारोबार अन्तर्राष्ट्रिय बजारअनुसार घटबद हुने गर्दछ ।